×
प्रमुख समाचार
सूचना।
२६ माघ २०७९ , बिहिबार
कर्ण बहादुर मगर
अध्यक्ष
९८५४०४२२२५
अहिलेको स्थिति
कार्यालय बाहिर
धन बहादुर पुलामी (अशोक)
उपाध्यक्ष
९८४४२५१७८८
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220
राम बेचन शाह
सि.अ.हे.व
9614718855
चन्द्र प्रसाद न्यौपाने
अधिकृत छैटौं
9854042370
सुरेश कुमार बराल
अधिकृत छैटौं
9843028195
वरुण आले
रोजगार संयोजक
9844076199
सुमित भण्डारी
इन्जिनियर
9849910282
विनिता लामा
सूचना प्रविधि अधिकृत
9854040617
अहिलेको स्थिति
कार्यालय भित्र
कमल घिसिङ
कृषि स्नातक
9868331611
अरुण रुपाखेती
लेखा सहायक
9848932660
चेत बहादुर पुर्वछाने
सहायक पाँचौ
9844251460
प्रेम बहादुर लुंगेली
सहायक पाँचौ
9840722740
पवित्रा पोखरेल
प्राविधिक सहायक
9823584310
विजय कुमार राम
हेल्थ असिस्टेन्ट
९७४२२८१७९४
राज कुमार साह
सव-इन्जिनियर
9819827635
उषा कुमारी मगर
सि.अ.न.मी
9809674456
मान बहादुर समाल
सहायक पाँचौ
9844156313
पोष्टराज भण्डारी
मनोपरामर्शकर्ता
9854041081
सरिता देवकोटा
सहायक पाँचौ
9809664916
विष्णु बहादुर तामाङ
खेलकुद संयोजक
9854041088
इन्द्र बहादुर परियार
वित्तिय साक्षरता सहजकर्ता
9864212013
लेक बहादुर राना
सहायक चौथौ
9800800084
विनोद धना मगर
एमआईएस अपरेटर
9827669728
पुनम भण्डारी
रोजगार सहायक
9825803230
सुनिता न्यौपाने
पोषण स्वयंसेवक
9845650157
विकास सुनुवार
सहायक चौथौ
9807894300
जयन्त कार्की
सहायक चौथौ
9841843492
सारदा धना मगर
सहायक चौथौ
9815829408
देव कुमारी एक्चई मगर
सहायक चौथौ
9809623051
प्रदिप कुमार पूर्वछाने
अमिन
9865178557
विनोद कार्की ढोली
सहायक चौथौ
9808886707
दुर्गा पुलामी
सहायक चौथौ
984450549
नविन सिदाली मगर
प्राविधिक सहायक
9847853416
किरण के.सी.
सहायक कम्प्युटर अपरेटर
9843285515
अविशेक मानन्धर
सहायक कम्प्युटर अपरेटर
9812181839
रिता समाल
सहायक कम्प्युटर अपरेटर
9844442457
पार्वती मोक्तान
असिस्टेन्ट सव- ईन्जिनियर
9817838076
दान बहादुर पुलामी
हुलाक सवारी चालक
9863382545
ज्ञान बहादुर रुआले
हुलाक सवारी चालक
9746567731
लोक बहादुर पूर्वछाने मगर
एम्बुलेन्स चालक
९७६५४०८९३०
विक्रम रमौली
नगर प्रहरी हवल्दार
9800857474
जंग बहादुर तामाङ
चौकिदार
9864051630
चन्द्रिका थापा
कार्यालय सहयोगी
9861525196
मदन बराईली
नगर प्रहरी जवान
9616657110
तविता खत्री
कार्यालय सहयोगी
9819680685
तारानाथ अधिकारी
कार्यालय सहयोगी
9800810761
सुभद्रा कुमारी बराल
कार्यालय सहयोगी
9845646721
चन्द्र बहादुर लायो मगर
चौकिदार
9864051695
कल्पना कुमारी मगर
कार्यालय सहयोगी
9816870658
मनिषा चौधरी
कृषि अधिकृत
9865778306
कृषल श्रेष्ठ
पशु विकास अधिकृत
9864481418
स्वेता शाही
इन्जिनियर (अधिकृत सातौं)
9861293596
...
गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारले नेपालको संविधान बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फाल्गुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो। यस तीनपाटन गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्दछ । २८०.२६ वर्ग.कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा दुधौली न.पा.,पश्चिममा कमलामाई न.पा., उत्तरमा गोलान्जोर गा.पा. र दक्षिणमा कमलामाई न.पा. पर्दछन् । यस गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते साविकको वेलघारी, भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ्ग, आम्वोटे र लाम्पन्टार गा.वि.स. समाबेश गरी जम्मा  ११ वडा कायम गरिएको छ ।

यस गाउँपालिकाको कार्यालय जिल्ला सदरमुकाम सिन्धुली बजारबाट ३८ कि.मि  टाढा रहेको छ ।

यस गाउँपालिकाद्धारा संचालित घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७५ अनुसार गाउँपालिकामा अक्सर बसोबास गर्ने कुल ३६,०६२ जनसंख्या रहेको छ । जातजातिको आधारमा जनसंख्या विवरणलाई हेर्दा सवैभन्दा धेरै ३३.९६ प्रतिशत मगर, दोस्रोमा १४.६५ प्रतिशत तामाङ्ग, तेस्रोमा १०.९८ प्रतिशत क्षेत्री, चौथो र पाँचौमा क्रमश नेवार १०.६४ प्रतिशत र पहाडी ब्राह्ममण ९.३७ प्रतिशत रहेको छ । त्यसैगरी सार्की, कामी, दमाई/ढोली, घर्ति/ भुजेल, माझी र अन्य जातजातिहरुको पनि बसोबास रहेको छ ।

गाउँपालिकाको ओषत पारिवारिक आम्दानीमा कृषि व्यावसयको सबैभन्दा ठुलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, लघुउद्योग, जागिर साथै आन्तरिक र बैदेशिक रोजगारी हुन् । परम्परागत प्रणालिको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा समेत अभ्यस्त हुदैछन् ।अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलवा अन्य छिमेकी गाउँपालिका/ नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।अधिकांश घरमा विद्युत सुविधा पुगेता पनि गाउँपालिकाका केहि क्षेत्रमा भौगोलिक विकटताका कारण विद्युत सुविधा अभाव छ ।

ऐतिहासिक पृष्ठभूमी

इतिहासमा तीनपाटनको फाँट वीर सम्शेरले विवाह गर्न दाइजोको रुपमा ल्याएको एक लक्ष्मी नाम गरेकी महिलालाई ल्याइतेको रुपमा व्यवहार गरेको र पछि तिनैले महारानीको भूमिका खोज्दा उनलाई सो अधिकारबाट अलग बनाउन तीनपाटन क्षेत्रलाई विर्ताको रुपमा दिई उनका खलकलाई नेपाल उपत्यकाबाट धपाएको भन्ने छ ।

हालको सिन्धुली जिल्ला विगतमा रामेछाप जिल्लामा पर्दथ्यो । पूर्व २ नं रामेछाप सिन्धुली अदालतको इलाका प्रगन्ना तिनपाटन भने लेखिन्थ्यो । २०१७ सालमा पञ्चायती व्यवस्था लागु गरेपछि सरकारले क्षेत्र मिलाउन रामेछापबाट कटौती गरी सिन्धुली जिल्ला बनाएको हो र त्यसपछि गढी गौँडा छाडी सदरमुकाम सिन्धुली माढीमा झरेको हो ।

तीनपाटन फाँटलाई किन “तिनपाटन” भनिएको रहेछ भनेर खोतल्दा निम्न आधारहरु भेटिएका छन् । पहिलो त उनै महारानीले मेरो बिर्ता कति छ ? भन्ने बुझ्न चाहँदा तत्काल परिमाणात्मक तथ्य केही नहुँदा ललितपुर पाटनको तिन वटा पाटन जति छ तिम्रो बिर्ता भनी महारानीलाई बुझाएको कुरा सार्वजनिक भएपछि फाँटको मात्र होइन पुरै बिर्ताको नाम नै तिनपाटन भएको बुझिन्छ ।

दोस्रो उक्त बिर्तावाला निकाला हुनुभन्दा अघि पुरै पाटनका अधिपति थिए भनिन्छ । आफू बाहिरिनुपर्दा सोहि पाटनको तीनपाटन बराबर अड्कली यो बिर्ता क्षेत्र सट्टा लिएर निक्लिएको पुरै बिर्ता क्षेत्र तिनपाटन हो भन्ने कसैको कथन छ ।

तेश्रो, धेरै अघि कुनै भुरेटाकुरे टिपाट वंशका रजौटा हालको भिमथान गा.वि.स कोटगाउँ आख्ले डाँडामा बसी यस क्षेत्रको राज्य गर्दथे । टिपाट राजवंशले यसै फाँटबाट खाद्यान्न भन्डार गर्ने भएकाले टिपाट फाँट भनिएकोमा यसको अपभ्रंश भई तिनपाटन फाँट भएको हो भन्ने चित्त बुझ्दो आधारको लोक सम्मति पाइन्छ । आफ्नो टिपाट बंशको चीर स्थायित्वको लागि आख्ले डाँडा राजमहल मुनि स्थापना गरेको टिपाटदेवीको कालान्तरमा टि छुटी पाटनदेवीका नामले प्रसिद्ध देवि मन्दिर अद्यावधि छँदै छ ।

२०१७ सालमा यो क्षेत्रको सेरोफेरोलाई पाटन देवी गाउँ पञ्चायत नामाकरण गरिएको भन्ने भनाई छ । टिपाट वंशकाराजा रजौटाहरूको चलन अनुसार बडादशैँमा कोट र फूलपाती पूजा गरेको गाउँलाई कोटगाउँ भनिएको रहेछ । साथै यस क्षेत्रकी बिर्तावालका वंश प्रताप शमशरले महाभारत र मधेश देखिने रमणीय रानीचुरी डाँडामा १९९८ साालमा “आराम भवन” नामक भवन बनाएर राज्य गर्दै २००६ सालमा महाभारतको सबैभन्दा अग्लो स्थान आलुबारी भन्ने ठाउँमा पनि गिरिराज भवन बनाउन रैतीहरूलाई काठ बोकाएका थिए । तर भवन बनाउन सफल नहुँदै बिर्ता खारेज भएकाले कार्य छोडिएको बताइन्छ । २०१९ सालमा सोही काठले श्री पाटनदेवी रा.प्रा. स्कूल कोटगाउँ को भवन बन्यो ।

यसैगरी २०१८ साल अगाडि तीनपाटन फाँटमा पनि औँलो आग्ने हुँदा दिनभरि खेतिपातीको काम भ्याएर औलोबाट बच्न बास बस्न शिखर लाग्नुपर्दथ्यो । त्यस्ता शिखरहरूमा – कत्लेशिखर, थुम्कीशिखर, घैरेशिखर, कसाईशिखर, नेपालेशिखर, रानाशिखर, जखनीशिखर, नयाँशिखर, क्वान्द्रेशिखर, कामीशिखर, डुँडेशिखर, जोगिशिख र डाँडाहरुमा आँपडाँडा, टाउकेडाँडा, सिपालीडाँडा, पौवाडाँडा, राम्चे डाँडा, सार्कीडाँडा, हायूडाँडा, कुमालेडाँडा, झिल्कनेडाँडा, दुम्कीडाँडा र तिलङ्गेडाँडा साथसाथै थुम्काहरुमा बेलीथुम्का, बर्सिङ्गथुम्का र भुब्ग्रेथुमका समेत यस क्षेत्रका प्राचीन शिखरहरु हुन् । तीनपाटन फाँटभरिप्रमुख खेतीयोग्य क्षेत्रहरूमा – हायूटार (हाल भिमथानटार), चिसापानीटार, आइतबारेटार, कामीटार (हाल बाहुनटार), जन्तरेटार, ताप्केटार, भालुटार, ठकुरीटार, खत्रीटार, कर्कलेटार, भुकुनेटार र रातमाटेटार, निबुवाटार, नक्कलेटार, नर्कटेटार, बजिनीटार, बोक्सेटार,चिलाउनेटार, झार्लाब्टार र दोभानटार थिए भने कोइरालाडिही (हाल भवानी उच्च मा.वि. भएको ठाउँ), झुँगा गाउँ, भंडार गाउँ, भारागाउँ, कदमे गाउँ, चिसापानी गाउँ र खमारे बेँसी (हाल जोगेखोला) समेतका बस्तीले ओगटेको क्षेत्र नै तीनपाटन हो ।

यस क्षेत्रले इष्टदेवताको रुपले मानेको प्रमुख देवी देवता तथा शक्तिपिठहरू पाटन देवी, महांकाल देवी, रक्तमाला र जलकन्या देवीका साथै आइतबारे, गोरेसिद्ध र कोइरालाका वायू (बुढाबराज्यै) प्रसिद्ध देवता हुन् । अन्य सेरोफेरोका भग्नावशेषहरुमा कोटगाउँको ठाँटी कोइराला र कत्लेशिखर पुछारको खेटराज पाध्य अधिकारीले बनाएको बताइन्छ । यस भन्दा अर्को यस फाँटको प्राचीन सौं खानी, छिमेकी बालाजोर भोगटेनीको तामा खानी बालाजोकै वडा नं. ४ र ५ गैरीखानीको फलाम खानी समेतको सही सदुपयोग गर्न तीनपाटन फाँट सेन्टर पर्ने हुँदा यो फाँट कृषि तथा औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सक्ने प्रबल सम्भावना देखिन्छ ।

 

अध्यक्षको भनाई
कर्ण बहादुर मगर
अध्यक्ष
सूचना।
प्रकाशित मिति : 2025/03/03 16:20:18
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
प्रकाशित मिति : 2025/03/03 16:18:27
करार सेवामा हलुका सवारी चालक माग गरिएको सूचना
प्रकाशित मिति : 2024/11/20 14:16:54
बोलपत्र आव्हान सम्बन्धी सूचना ।
प्रकाशित मिति : 2024/11/20 14:14:18
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
प्रकाशित मिति : 2024/11/20 14:13:26
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुको विवरण पेस गर्ने सम्बन्धमा ।
प्रकाशित मिति : 2024/11/20 14:10:54
आर्थिक वर्ष ०७५/०७६ काे पुजिगत तर्फकाे बजेट बाँडफाँड
प्रकाशित मिति : 2024/11/19 14:36:29
प्रस्तावित चालु खर्च काे बजेट बाँडफाँड
प्रकाशित मिति : 2024/11/19 14:35:43
"आर्थिक वर्ष २०७६।२०७७ काे वार्षिक नीति तथा कार्यक्रम र बजेट"
प्रकाशित मिति : 2024/11/19 14:34:28
आर्थिक वर्ष २०७७।७८ काे वार्षिक नीति तथा कार्यक्रम तथा बजेट
प्रकाशित मिति : 2024/11/19 14:33:56
" नवौं गाउँसभामा आ.व. २०७८।७९ को लागी पेश भएको निति तथा कार्यक्रम "
प्रकाशित मिति : 2024/11/19 14:32:59
आ.व. २०७९।८० को संधीय सर्शत तथा विषेश अनुदान
प्रकाशित मिति : 2024/11/19 14:32:17
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु
  1. कार्यसम्पन्न प्रतिवेदन
  2. नापी किताब
  3. खर्चको विल भरपाई
  4. उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
  5. फछ्यौटको निर्णयको प्रतिलिपी
  6. योजनाको कार्यालयको सिफारिस/सम्बन्धीत वडा कार्यालयको सिफारिस
  7. अनुगन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने
  8. योजना सम्पन्नको स्थलको फोटो
  9. होडिङ्ग बार्ड राखेको फोटो
  10. योजना हस्ताणतरण
सहायक कागजातहरु
  1. निवेदन / सिफारिस तोक लगाउने |
  2. दर्दा गर्ने आवश्यक जाँचबुझ र प्रकृया पुगेको भएमा
  3. जाँचपास गरी पेशकी पछ्यौट तथा अन्तिम भुक्तानी तथा फरफारक गरिदिने ।
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: काबु बाहिरको परिस्थितिबाहेक सोहि दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

निवेदन, उजुरी, चिट्टी पत्रमाथि अध्यक्ष उपाध्यक्ष र कार्यालय प्रमुख अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: तुरुन्तै
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
देव कुमारी एक्चई मगर
सहायक चौथौ
9809623051

आधारभूत कागजातहरु

गाउँपालिकामा तिर्न पाउनुपर्ने कर चुकाई अधिकार प्राप्त अधिकारीबाट दस्तखत भएपछि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: तुरुन्तै
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
देव कुमारी एक्चई मगर
सहायक चौथौ
9809623051

आधारभूत कागजातहरु

सम्बन्धित वडाको सिफारिस, चौहद्धी प्रमाणित,सर्जमिन मुचुल्का जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, गाउँ क्षेत्र भित्र भएको घर जग्गाको सम्पति कर तिरेको रसिद, बहालमा बसेको भए घरधनीसंगको बहाल दर समेत खुलेको सम्झौता पत्रको प्रतिलिपि र गाउँपालिका बहाल कर तिरेको प्रतिलिपि, सम्बन्धित व्यक्तिको पस्स्पोर्ट साइज २ प्रति फोटो, गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको सम्झौता पत्र र घर ठेगाना देखिने प्रमाणपत्र 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

यस गाउँपालिका भित्र आफ्नो नाममा रहेका सम्पूर्ण घर जग्गाको जग्गाधनि दर्ता प्रमाणपुर्जा वा प्रतिलिपि सहित सक्कलै पुर्जा, दोस्रो पटक देखि गत वर्षको सम्पत्ति कर तिरेको रसिदको सक्कल नयाँ विवरण दाखिला गर्नुपर्ने भए सम्बन्धित विवरण फारम भरीकरदाताले सहीछापगरेको, साथै हालसालै नयाँ घर बनाएको वा तला थप गरिएको भए सो को नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निवेदन प्राप्त भए पश्चात कम्तिमा १ महिना
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
लेक बहादुर राना
सहायक चौथौ
9800800084

आधारभूत कागजातहरु

बहाल कर बहाल लिने दिने सम्बन्धि सम्झौता पत्रको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
लेक बहादुर राना
सहायक चौथौ
9800800084

आधारभूत कागजातहरु

सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नक्सा निवेदन दस्तुर रू.५०० जग्गाधनि पुर्जाको प्रतिलिपि, कित्ता नम्बर स्पस्ट भएको नापी र टेस नक्साको प्रतिलिपि, एकीकृत सम्पत्ति कर तिरेको रसिदको परतिलिपि, गुठीको जग्गा भए, सम्बन्धित गुठीको सिफारिस पत्र, कुनै निकायमा धितो राखेको भए धितो सम्बन्धित पत्र, वारेश राखी नक्सा पास गर्ने भएमा वारेसनामाको साथमा वारेसको नेपाली नागरिकता वा निजको पहिचान खुल्ने प्रमाणपत्र १ प्रति, चार किल्ला प्रमाणित  निर्माण गरिने घरको नक्सा ३ प्रति, स्टक्चर डीजाइन नक्सा-३ (आवश्यकता अनुसार) प्रति, सम्बन्धित वादको सिफारिस, जग्गाको नक्सामा मापदण्ड अनुरुप भएको हुनु पर्ने, वादको सिफारिस।

क. तल्ल थप 

हालको मापदण्ड पुरा गर्ने गरि पहिले पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी, चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, अरु कागजातको हकमा नयाँनक्सा पास गर्दा आवश्क पेनी सबै कागजात पेश गर्नु पर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निवेदन प्राप्त भए पश्चात कम्तिमा १ महिना
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुमित भण्डारी
इन्जिनियर
9849910282

आधारभूत कागजातहरु
निवेदन, नागरिकता प्रमाणपत्र, रजिस्ट्रेसन पास भएको लिखित, पहिले पास गरेको नक्सा र प्रमाणपत्रको सक्कल र फोटोकप, चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिद, जग्गाधनि प्रमाण पुर्जाका प्रतिलिपि, घर धनिको हालसालै खिचिएको पासपोर्ट साईज फोटो २ प्रति
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुमित भण्डारी
इन्जिनियर
9849910282
थप पढ्नुस
नक्सा
FAQ गुनासो